तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । अस्ति र हिजो दुई दिन लगातार बढेको सुनचाँदीको भाउ आज घटेको छ ।

    सुनको भाउ आज तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो । सुनको भाउ घटेर आज तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अस्ति सोमबार सुनको भाउ ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर तोलाको ३ हजार ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    हिजो चाँदीको भाउ तोलामा ३५ र अस्ति ४५ रुपैयाँले बढेको थियो । हिजो चाँदीको भाउ तोलाको ३ हजार १४५ रुपैयाँ रहेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij