सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा, उपाधिका लागि लुम्बिनी सँग भिड्ने

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा, उपाधिका लागि लुम्बिनी सँग भिड्ने

शुक्रवार, मंसिर ४ २०८३
शुक्रवार, मंसिर ४ २०८३
  • सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा, उपाधिका लागि लुम्बिनी सँग भिड्ने

    काठमाडौं । सुदूरपश्चिम रोयल्स लगातार तेस्रोपटक एनपीएलको फाइनलमा पुगेको छ । बिहिवार राती सम्पन्न खेलमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन एनपीएलको उपाधिनजिक पुगेको हाे । 
     
    सुदूरपश्चिमले उपाधिका लागि शनिबार साँझ साविक विजेता लुम्बिनी लायन्सकाे सामना गर्नेछ । यसअघि बुधबार सम्पन्न पहिलाे क्वालिफायरामा सुदुरपश्चिम लुम्बिनीसंग पराजित भएपछि दोस्रोक्वालिफायर खेलेकाे हाे । 
     
    यसअघिका दुई सिजनमा फाइनल पुगेपनि टाेली उपविजेतामा सीमित भएको थियो । सुदूरपश्चिम दोश्रो सिजनमा पनि फाइनलमा लुम्बिनीसंग पराजित हुँदै उपविजेतामा सिमित भएको थियाे । 

    त्यसैगरी पहिलाे सिजनकाे फाइनलमा जनकपुर बाेल्ट्स् सुदूरपश्चिमलाई हराउँदै उपाधि उचालेकाे थियाे । 
     
    यसपटककाे उद्घाटन खेल र पहिलाे क्वालिफायरमा लुम्बिनीसंग पराजित भइसकेकाे सुदूरपश्चिम फाइनल खेलमा बदला लिदै उपाधी जित्ने दाउमा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij