दशौँ राष्ट्रिय खेलकुदमा आज कहाँ कुन खेल हुँदै

दशौँ राष्ट्रिय खेलकुदमा आज कहाँ कुन खेल हुँदै

बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • दशौँ राष्ट्रिय खेलकुदमा आज कहाँ कुन खेल हुँदै

    काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बिहीबार आठ खेल सञ्चालन  हुदैछन् । प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँके र बर्दियामा विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन  हुन लागेका हुन् । 

    आयोजक समितिका अनुसार, आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका खेल हुने छन्  । तालिकाअनुसार, महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजेदेखि सञ्चालन  हुनेछ । सोहि समयमा पुरुष क्रिकेट सुर्खेतको कालुञ्चोक मैदानमा हुनेछ ।

    त्यस्तै, पुरुष फुटबलको प्रतिस्पर्धा सुर्खेतस्थित मुख्य रंगशालामा दिउँसो २ः३० बजे हुनेछ । महिला बास्केटबलका खेल पनि वीरेन्द्रनगर रंगशालामा सञ्चालन  हुनेछन् । यसैगरी, पौडी प्रतियोगिता बाँकेको नेपालगञ्जमा बिहान ९ बजेदेखि हुनेछ भने टेनिस प्रतियोगिता बर्दियामा हुनेछ ।

    सुर्खेतमा हुने बक्सिङ प्रतियोगिता मुख्य कभर्डहलमा मध्याह्न १२ बजेदेखि सुरु हुनेछ । जिम्न्यास्टिक प्रतियोगिता भने सुर्खेतको मिनी कभर्डहलमा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij