मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारी का २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको हो।
गम्भीर घाइते भएका सहचालक पाँचथरको मिक्लाजुङ–७ एकरातेका २१ वर्षीय किरण राईलाई विराटनगर पुर्याइएको छ