दुई किलोभन्दा धेरै सुनसहित विमानस्थलबाट दुई चिनियाँ महिला पक्राउ

दुई किलोभन्दा धेरै सुनसहित विमानस्थलबाट दुई चिनियाँ महिला पक्राउ

बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • दुई किलोभन्दा धेरै सुनसहित विमानस्थलबाट दुई चिनियाँ महिला पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा धेरै सुनसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् ।

    हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत गएराति काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले समातेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट दुई किलो ३४८ ग्राम तौल बराबरको सुन बरामद भएको छ ।

    बरामद भएको सुन र पक्राउ परेका महिलाको विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij