छ सय साठी किलो गाँजासहित दुई जना पक्राउ

छ सय साठी किलो गाँजासहित दुई जना पक्राउ

बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • छ सय साठी किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले ६६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई बुधबार अपराह्न पक्राउ गरिएको हो । 

    शङ्का लागेर प्रहरी टोलीले नरबहादुरको घरमा तलासी गर्दा २६ वटा बोरामा राखिएको ५६० किलो तथा जेसुनमायाको गोठमा राखिएका चारवटा ड्रममा १०० किलो गाँजा फेला पारेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij