बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

    मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

    बागमती प्रदेशसभाको आजको बैठकको सुरुमै उनले विकसित पछिल्लो राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न राजीनामा दिएको जानकारी दिए । 

    मुख्यमन्त्री बानियाँले केही बेरमा प्रदेश प्रमुखसमक्ष राजीनामाको पत्र बुझाउनेसमेत जानकारी दिए । त्यस अवसरमा उनले प्रदेशको चालु खर्च घटाउन मन्त्रालय सङ्ख्या आठमा सीमित गरिएको, विपन्न परिवारका लागि आवास तथा क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माण गरिएको, यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाइएकोलगायत आफ्नो कार्यकालमा भएका जनहितका कार्यको चर्चा गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij