कांग्रेस पूर्वसभापति देउवा एक्लै नेपाल फर्किने, आरजु आउन समय लाग्ने

कांग्रेस पूर्वसभापति देउवा एक्लै नेपाल फर्किने, आरजु आउन समय लाग्ने

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • कांग्रेस पूर्वसभापति देउवा एक्लै नेपाल फर्किने, आरजु आउन समय लाग्ने

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी बैंकक पुगेका देउवा साउन २८ गते एक्लै नेपाल फर्किन लागेका हुन् ।
     
    फागुन दोस्रो उपचारका लागि सिगापुर पुगेका देउवा परिवार दुई महिना त्यहाँ उपचार गरि थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । हङकङमा संगै बस्दै आएकी उनकी पत्नी एवम्  पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा र छोरा जयवीर देउवा भने नेपाल नआउने बताइएको छ । 

    देउवानिकट स्रोतका अनुसार सरकारले पक्राउ गर्ने त्रासका कारण  आरजु राणा पहिलो लटमा नेपाल नआउने भएकी हुन् ।
    देउवा नेपाल आएर अनुकुल वातावरण श्रृजना भएपछि आरजु नेपाल फर्किने बताइएको छ ।
      
    नेपाली कांग्रेसको इतर समुहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको भेलामा सहभागी हुन देउवा नेपाल फर्किन लागेका हुन् । कांग्रेसभित्र पछिल्लो समय बढेको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको बहसका बीच देउवाको नेपाल आगमनलाई चासोका साथ हेरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij