नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत

मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत

    काठमाडौँ । एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई १८९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनायो ।  

    नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ४९, इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७र२७, बसिर अहमदले अविजित १९ तथा गुलशन झाले ११ रन जोडे । कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट लिए । 

    एसिसी प्रिमियर कप खेल्न मलेसिया जानुअघि नेपालले भारतमा अभ्यास गरिरहेको हो । प्रिमियर कप ३० अगस्टदेखि आयोजना हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनको सामना गर्नेछ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij