काठमाडौं । रौतहटमा नुहाउने क्रममा डुवेर तीन बालवालिका वेपत्ता भएका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा मंगलबार दिउँसो करिब २ बजे तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका हुन्।
बेपत्ता हनेमा देवाही गोनाही नगरपालिका–२ का शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्ला, शेख खुरसेदका १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरका १० वर्षीया छोरी सवनम खातुन रहेका छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेस देवाही र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट सुरक्षाकर्मीको टोलीले बालबालिकाको खोजी गरिरहेकाे बताइएको छ ।