५२ लाख ५० हजार नगदसहित चार जना पक्राउ

५२ लाख ५० हजार नगदसहित चार जना पक्राउ

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • ५२ लाख ५० हजार नगदसहित चार जना पक्राउ

    काठमाडौं । पर्सामा ५२ लाख ५० हजार नगदसहित चार जना पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट प्रहरीले दुई वटा मोटरसाइकलमा सवार चार जनालाई ५२ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।  

    सोमबार राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सो रकम सहति चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरको मोटरसाइकलमा सवार चार जनाबाट स्रोत नखुलेको नगदसहित उनीहरुलाई पधmाउ गरेको हो।

    पक्राउ पर्नेमा एक जना भारत विहार सितामढीका २६ वर्षीय सुरज कर्ण रहेका छन्। त्यसैगरी पर्साका २५ वर्षीय राहुल गुप्ता, बाराका ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागर कुमार सर्राफ रहेका छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij