एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

    चितवन । चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् ।

    आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो । उनले भने “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो ।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको उनले बताए।

    नागरिकता दिँदै उनले भने, “आमाको ख्याल गर्नु । आफ्नो लक्ष्यबाट पछि नहट्नु ।” नागरिकता पाएपछि दुई भाइले अब आँफुहरु पनि नेपाली नागरिक भएको भन्दै खुसी व्यक्त गरे । 

    आमाको नामबाट नागरिकता पाउनु आफ्ना लागि महत्वपूर्ण क्षण भएको उनीहरुले बताए । उनीहरुले क्रमशः २४ र २० वर्षको उमेरमा नागरिकता पाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij