आस्था महिला बिद्यालयबाट आठ आमा र हजुरआमा एसईई उतिर्ण

आस्था महिला बिद्यालयबाट आठ आमा र हजुरआमा एसईई उतिर्ण

बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • आस्था महिला बिद्यालयबाट आठ आमा र हजुरआमा एसईई उतिर्ण

    भक्तपुर ।  पढ्ने इच्छा तिब्र हुंदाहुंदै पनि दुई दशकसम्म पढाई अपुरो छाडेकी ६० वर्षीया रमिन कुमारी राईले यस वर्ष एसईई परिक्षा उतिर्ण गरेकी छिन् । मध्यपुर थिमि–३ गठ्ठाघरस्थित आस्था महिला बिद्यालयबाट बीचमै पढाई छाडेका राईजस्तै आठ महिलाले यस वर्षको एसईई परिक्षामा सफलता हात पारेका हुन् । 

    राईसंगै यसपटकको एसईई परिक्षामा सफलता हात पार्नेमा ५९ वर्षीया राधिका देवी आचार्य, ४२ वर्षीया ललिता आले मगर, २९ वर्षीया शुष्मा खड्का, २८ वर्षीया निर्मला चेपाङ रहेका छन् ।  त्यसैगरी  २२ वर्षीया रस्मी ऐरी, ४३ वर्षीया कृष्णमाया तको र ४१ वर्षीया कुमारी तामाङले पनि एस पटकको एसईई परिक्षा उर्तिण गरेका छन् ।  

    पढ्ने उमेरमा विद्यालय र कक्षाकोठानै कहिल्यै नदेखेकी बारा जिल्लाको निजगढ घर भएकी ललिता आले मगरले यस पटक ४२ वर्षको उमेरमा एसईई परिक्षा उर्तिण गरिन । आर्थिक अवस्था कमजोर भएका कारण स्कुल जाने उमेरमा घरायसी कामकाज र गोठालो जानु उनको दैनिकी थियो । 

    astha student-see.jfif

    १४ वर्षकै उमेरमा बिवाह बन्धनमा बाँधिएकी आलेमगरलाई सामान्य लेखपढ गर्न समेत नजान्दा नेपालमा केहि गर्न गाह्रो पर्यो । त्यसपछि ड्राइभिङ सिकेर गाडीको लाइसेन्स बनाएको बताउँने मगरले त्यसपपछि बनेपाको सलाई उद्योगको डेलिभरी भ्यान चलाएको बताउँछिन् । 

    संकटकाल लागेपछि गाडी चालउँदा पनि निकै सास्ती खेप्नु परेपछि  चार वर्ष दुवई र दुई वर्ष कुवेत बसेर नेपाल फर्किएको आलेमगर बताउँछिन् । भन्छिन्, ‘त्यसपछि छोरा जन्मियो । छोरालाई १४ महिनाममै बिद्यालय हालेर आफुपनि आस्था महिला बिद्यालयबाट एसएलसी उतिर्ण गरेकी छिमेकी आमाको प्रेरणाबाट कक्षा एकमा भर्ना भएर पढ्न थाले ।‘ 

    पेन्सिल समाउन समेत नजानेका कारण शुरुशुरुमा धेरै गार्हो परेपनि बिद्यालयको सहयोगी वातावरण र सबै आफुजस्तै साथीहरुका कारण पढाईलाई निरन्तरता दिन सकेको आलेमगर बताउँछिन् । यसपटक एसईई पास भएपछि अझै उच्च शिक्षासम्म पढ्ने सोच पलाएको उनले बताइन । 

    महिलाहरुको सक्रीयतामा स्थापना भएको विद्यालयले पढ्नलाई उमेरले छेक्न सक्दैन भन्ने मान्यतालाई स्थापित गरेको छ । घरायसी र आर्थिक कारणले बिद्यालय जान नसकेका वा बिद्यालय गएर पनि बीचैमा पढाई छाडेका महिलाहरुलाई लक्षित गरि २०६५ सालमा स्थापना भएको बिद्यालयबाट १७ वर्षे किशोरीदेखि ७२ वर्षकी हजुरआमासम्मले एसएलसी÷एसईई परिक्षा उतिर्ण गरिसकेका छन् । 

    बिद्यालयकी निमित्त प्रधानाध्यापक विना देउजाका अनुसार, बिभिन्न कारणले बिद्यालय जानबाट बन्चितभएका महिलाहरुलाई औपचारिक शिक्षा दिएर बिद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको छ । त्यसै क्रममा करिव १२ वर्षको अवधिमा करिव एक सय ६० जना बिद्यालय जाने उमेर पार गरेर बसेकाहरुले बिद्यालय शिक्षाको फलामे ढोका मानिने एसएलसी÷एसईई परिक्षा उतिर्ण गरिसकेको  देउजाको भनाई छ । 

    बिद्यालयबाट एसईई उतिर्ण गर्ने एक दर्जनबढीले स्नातकसम्मको अध्ययन पुरा गरेर समाजमा स्थापित भएको देख्दा बिद्यालय परिवारले गौरवको अनुभूति हुने गरेको प्रधानाध्यापक विना देउजा बताउँछिन् । बिद्यालयमा भक्तपुरका ग्रामिण क्षेत्रदेखि मात्र नभएर काठमाडौं, ललितपुर लगायतका जिल्लाबाट समेत बिद्यार्थी आउँने गरेको देउजाको भनाई छ । 

    धादिङ घर भएकी २८ वर्षीया निर्मला चेपाङको परिवारमै उनले पहिलो पटक एसईई परिक्षा उर्तिण गरेकी हुन् । मध्यपुर थिमि–३ कौशलटारमा अर्काको घरमा कामगर्दै पढेर चेपाङले छ वर्ष आस्था महिला बिद्यालयमा पढेर एसईई परिक्षा उर्तिण गरेकी हुन् । 

    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिका–३ का वडाअध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरी आचार्यका अनुसार, गरिवी लगायतका कारणबाट बिद्यालयज जान नसकेका महिलालाई लक्षित गरेर स्थापना गरिएको आस्था महिला बिद्यालयले सैयौलाई शिक्षितमात्र बनाएको छैन । गरीखाने बाटोसमेत उघारि दिएको छ । 

    astha stu-2-.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij