विकटको सुगम मातृ स्वास्थ्य सेवा : सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

विकटको सुगम मातृ स्वास्थ्य सेवा : सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • विकटको सुगम मातृ स्वास्थ्य सेवा : सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

    मुम्रा (कालीकोट) । भौगालिक विकट रहेको मुम्रा गाउँ  विकासका पूर्वाधारमा पनि गतिलिँदै छ तर  ‘मातृ स्वास्थ्य सेवा’का लागि सुगमका भन्दा कमी  छैन । सस्थागत सुत्केरीमा सबैको पहुँच पु¥याएर नयाँ उदाहरण प्रस्तुत गरेको छ  । यहाँका महिलाले पछिल्ला केही वर्षदेखि ‘मातृ स्वास्थ्य सेवा’ लिन कष्ट व्यहोर्नुपरेको छैन ।  सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित यस गाउँमा पाँच वर्षयता गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन, भने दुईवर्षयता हवाई उद्धारसमेत गर्नुपरेको छैन । 

    सान्नीघाटदेखि नै जोखिमयुक्त कच्चीले गाउँलाई जोडेको छ । सो स्थानदेखि सवारीसाधनमा यहाँ आइपुग्न करिब दुईरतीन घण्टा लाग्छ । वर्षात्मा त्यो समयमा सम्भव हुन्न । सोही स्थानबाटै उकालो पैदल हिँडेर आउँदा त्यति समय लाग्दैन । नौ वडा रहेको पालिकाका सबै गाउँमा पुग्न कम्तीमा एकहप्ता व्यतित गर्नुपर्छ  । गाउँपालिकाले विशेष गरेर मातृ स्वास्थ्य सेवा क्षेत्रमा गरेका प्रयास अनुकरणीय मात्र छैन, सङ्घीय तथा प्रादेशिक उच्च तहमा बसेका नीति निर्मातालाई सिकाइ बन्न सक्छ । गाउँपालिकाले सङ्घीय सरकारको ‘लिजा इन्डिकेटर’ मा कालीकोटबाट प्रथम स्थान हासिल गरेको थियो । गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भने, “पाँचवर्षयता यहाँका गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन । 

    गाउँपालिकाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य सेविकामार्फत् घर घरमा मातृस्वास्थ्य सेवा पु¥याएको छ ।” उहाँका अनुसार गाउँपालिकाभित्र पाँचवटा ‘बर्थिङ सेन्टर’ छन् । यस्ता स्वास्थ्य संस्थामा आउन कम्तीमा एकघण्टा भन्दा बढी पैदल हिँड्नुपर्दैन । आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको चुस्त व्यवस्थापन गरिएका छन् । उनले भनेन्नुभयो, “मातृ स्वास्थ्य सेवा’ लिन कुनै अप्ठ््यारो, समस्या तथा स्वास्थ्यकर्मीले दुःख दिए भने मलाई फोन गर्नु  भनेको छु । समय समयमा अनुगमन गर्ने गरेको छु ।” अध्यक्ष केसीको घर नै मुम्रा गाउँमा छ । गाउँका ७१ वर्षीय नाग्मल बुढाका अनुसार सुत्केरी हुन (बच्चा पाउन) धेरै सुविधा र परिवर्तन भएको छ । उनले भने,“मेरा छोराछोरी जङ्गलमा जन्मेका हुन् । घाँसका भारी र बच्चासँगै ल्याउनुपर्दथ्यो । अब त्यो समय रहेन । डाक्टर र अस्पताल जाने चलन थिएन ।”

      स्थानीयवासी गाउँका पुछारमा रहेको गाढखोला तरेर पारिपट्टिका जङ्गलमा घाँसदाउरा तथा बस्तुभाउ चराउन जाने गर्दछन् ।  यही मङ्सिरको दोस्रोसाता तेस्रो सन्तानलाई जन्म दिइकी ३२ वर्षीय रचनाकुमारी बुढाले भने, “मेरा तीनवटै सन्तान मुम्रा स्वास्थ्य चौकीमा जन्मेका हुन् । सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा बोकिएर जानुपर्छ । स्वास्थ्य चौकीका नर्स, महिला स्वास्थ्यकर्मी बोलीचाली र व्यवहार राम्रो छ । ”

    मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार चालु आवको चार महिनामा ११ जना  सुत्केरी भइसकेका छन् । तीमध्ये एकजना १८ वर्षकी थिइन् । गत आवमा ४४ जनाले सोही स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए ।   उनले भने “गाउँघरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य छ । पछिल्लो समय वर्थिङ सेन्टरका लागि आवश्यक  सामग्री सेट थप उपलब्ध भएपछि यहाँ समस्या कम नै छ । ”

    गाउँपालिकाभित्रका स्वास्थ्य संस्थालाई सुदृढ बनाउन नेपाल रेड्क्रस सोसाइटी कालीकोट जिल्ला शाखाले सहयोग गरिराखेको छ । स्वीस तथा ब्रिटिश रेड्क्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’ले  वर्थिङ सेन्टरमा हुनुपर्ने अत्यावश्यक सामग्रीसहित शौचालय निर्माणमा सहयोग गरेको छ । 

    कार्यक्रमका जिल्ला संयोजक भोजराज ओझाले स्वास्थ्य र सरसफाइ, हरित विद्यालय तथा एक घर एक धारा निर्माणमा परियोजनाले गाउँपालिकालाई सहयोग गरेको जानकारी दिए । डाँफे माध्यामिक विद्यालयका प्रधानाध्यपक दुर्गबहादुर बुढा विद्यालयको हाताभित्रको खुला चौरलाई घेरबार गरिएपछि दीर्धकालीन समस्या हटेकामा खुसी भएका छन् । विद्यालयलाई हरित बनाउन  अभियानमा लागेको सो विद्यालयले ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’को आर्थिक सहयोगबाट हालै मात्र घेरबारको काम सम्पन्न भएको थियो । “विद्यालयका जमिन घेरबार नहुँदा गाईवस्तु कक्षा कोठामै पसेर साह्रै दुःखको अवस्था थियो । बालबालिकाको वस्तुभाउ धपाउनै समय वित्दथ्यो । अव ढुक्क भयो ।” 

    उनका अनुसार परियोजनाको सहयोगमा छात्राका लागि स्यानिटरी प्याडको पनि व्यवस्था गरिएको छ । यसबाट विद्यालयमा छात्राको उपस्थितिमा वृद्धि भएको छ ।  स्यानिटरी प्याडको उचित व्यवस्थापन गर्न विद्यालयलाई समस्या परेको छ । 

    ‘एक घर एक धारा’ 

    करिब १७ हजार जनसङ्ख्या रहेको सो पालिकामा ‘एक घर एक धारा’समेत निर्माण गरिएका छन् । करिब दुई सय भन्दाबढी पानीको मूल संरक्षण गर्दै खानेपानीको व्यवस्थापन  गरिएको हो । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार हालसम्म दुई हजारभन्दा बढी धारा जडान गरिसकिएको छ । मुडपानी मुम्रा बिचगाउँ खोपानी तथा सरसफाइ आयोजना जस्ता योजना ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’को सहयोगमा सम्पन्न गरिएका छन् ।पूर्ण सरसफाइ युक्त गाउँपालिका घोषणाका लागि आवश्यक तयारी समेत थालिएको छ । 

    अध्यक्ष केसीले भने, “समुदायका लागि आवश्यक स–सना सहयोगले पनि धेरै परिवर्तन गर्न सकिँदोरहेछ भन्ने उदाहरण हामीले पुष्टि गरेको छौँ । यसका लागि प्रमुख सहयोगी हातहरुद्वय स्वीस रेडक्रस र ब्रिटिश रेडक्रसलाई धन्यवाद दिन चाहन्छु ।” 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij