जेन–जी आन्दोलन : निर्वाध रुपमा सेवा प्रवाह गर्ने चाँगुनारायण नगरपालिकाको तयारी

जेन–जी आन्दोलन : निर्वाध रुपमा सेवा प्रवाह गर्ने चाँगुनारायण नगरपालिकाको तयारी

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • जेन–जी आन्दोलन : निर्वाध रुपमा सेवा प्रवाह गर्ने चाँगुनारायण नगरपालिकाको तयारी

    भक्तपुर- जेन–जी आन्दोलनपश्चात चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा निर्वाध रुपमा सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ।

    नगरप्रमुख जीवन खत्रीद्वारा जारी सार्वजनिक अपिलपत्रमा आन्दोलनका क्रममा शहीद भएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरिएको छ। साथै विभिन्न स्थानमा भएको हिंसात्मक घटना र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति दुःख प्रकट गरिएको छ।

    तर, चाँगुनारायण नगर क्षेत्रमा भने जेन–जी समूहले शान्त, मर्यादित र सौहार्दपूर्ण ढंगले प्रदर्शन गरेको भन्दै नगरप्रमुख खत्रीले सहभागी युवाहरु, स्थानीय अगुवाहरु र नगरबासीप्रति आभार प्रकट गरेका छन्। बाह्य तत्वको प्रभावमा अराजक गतिविधि भए पनि क्षतिग्रस्त प्रहरी चौकीलाई सरसफाइ तथा मर्मत गरेर पुनः सञ्चालनमा ल्याउनु सकारात्मक पहल भएको उनको भनाइ छ।

    नगरपालिकाले आन्दोलनपछि सामान्य जीवन सहज बनाउन संयमित र सचेत रहन नगरबासीलाई आग्रह गर्दै सरकारी, शैक्षिक, गैरसरकारी तथा निजी संस्थाहरुबाट सेवा प्रवाह निर्वाध बनाउने प्रतिबद्धता जनाएको छ।

    WhatsApp Image 2025-09-12 at 13.32.04_1337ce3f.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij