नेपाली कांग्रेस सूर्यविनायक नगर सभापतिमा थापा, अन्य पदमा को-को ?

नेपाली कांग्रेस सूर्यविनायक नगर सभापतिमा थापा, अन्य पदमा को-को ?

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • नेपाली कांग्रेस सूर्यविनायक नगर सभापतिमा थापा, अन्य पदमा को-को ?

    भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर सभापतिमा ईं विशुराम थापा निर्वाचित भएका छन् । बिहिवार सम्पन्न निर्वाचनमा अर्का प्रतिस्पर्धी सुमन न्यौपानेलाई ६४ मतले पछिपार्दै थापा नगर सभापतिमा निर्वाचित भएका हुन् । वियजी थापाले २०७ मत ल्याउँदा न्यौपानेले १४३ मतमात्र ल्याए । 

    त्यसैगरी उपसभापतिमा राजाराम खत्री निर्वाचित भएका छन् । खत्रीले १९० मत पाउँदा कामेन महतले १५४ मत पाए । त्यसैगरी महिला उपसभापतिमा दिपा न्यौपाने नौ मतान्तरले विजयी भइन । न्यौंपानेले १७८ मत पाउँदा निकटतम प्रतिस्पर्धी कान्छी मायाँ श्रेष्ठले १६९ मत ल्याइन । 

    त्यसैगरी सचिवमा चिरञ्जीवी राउत १९ मतान्तरले विजयी भएका छन् । राउतले १८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी सरोज ठकुरीले १६२ मत पाए । सहसचिवमा हिरालक्ष्मी कोजु निर्वाचित भएकी छिन् । कोजुले १९० मत पाउँदा उनकी निकटतम प्रतिद्धन्दी विनय नगरकोटीले १५१ मत पाए । 

    त्यस्तै खुला सदस्यमा शैलेश थापा, सुवास पुवा, लोकबहादुर खत्री, श्याम खत्री निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा कमला कोइराला, दलित महिला सदस्यमा सावित्री मंग्राती निर्वाचित भएका छन् । त्यसैगरी ३५ वर्ष मुनिका युवा खुल्लातर्फ सुजन बस्नेत, रविभक्त माडी श्रेष्ठ, प्रथम अधिकारी रसल देउजा निर्वाचित भएको सूर्यविनायक नगरपालिका वडा नंं ३ का वडाअध्यक्ष दिपेन्द्र केसीले बताए ।

    suryabinayak.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij