भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ को सीमा भएर बग्ने घट्टे खोला बाँध निर्माण गरी बाढीबाट बस्ती जोगाउन तत्काल दुई करोड निकासा गरिने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज बिहान स्थलगत अनुगमन गरी घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल दुई करोड निकासा गर्ने बताएका हुन् ।
बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बचन मुख्यमन्त्री थापाले दिएको स्थानीय अनिता पाण्डेले बताइन । प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट सो रकम उपलव्ध गराईने मुख्यमन्त्री थापाले बताएको पाण्डेको भनाई छ ।
तटबन्ध नहुंदा मोर्डन, गड्डेधारा लागयतका क्षेत्रमा वर्षेनी घट्टे खोला पसेर स्थानीयका घरमा क्षति पुर्याउँदै आएको छ । सोहि खोलाले सैयौ रोपनीमा लगाएको धानबालीसमेत वर्षेनी नष्ट गर्दै आएको स्थानीयले बताएका छन् ।
