भक्तपुरका १६ पोखरीसहितका सम्पदा परिक्रमा गर्दै पदयात्रा सम्पन्न

भक्तपुरका १६ पोखरीसहितका सम्पदा परिक्रमा गर्दै पदयात्रा सम्पन्न

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • भक्तपुरका १६ पोखरीसहितका सम्पदा परिक्रमा गर्दै पदयात्रा सम्पन्न

    भक्तपुर । ‘नगरभित्रका पोखरी चिनौँ सम्पदा घुमौँ’ भन्ने नाराका साथ आज भक्तपुर नगरपालिकाले आयोजना गरेको सम्पदा पदयात्रा सम्पन्न भएको छ ।

    आज भक्तपुर नगरपालिका सूर्यमढीबाट विभिन्न बाजागाजाका साथ सुरु भएको पदयात्राको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभएको थियो । भक्तपुरका विभिन्न गल्ली तथा टोलहरुमा रहेको सम्पदा र प्राचीन पोखरीहरुलाई झकिझकाउ गरी सिङ्गारिएको थियो ।

    च्याम्हासिंह पुखु, जेँला पुखु, खँचा पुखु, याता (न्हाद) पुखु, गोल्मढी पुखु, कुमारी पुखु,  खँला ९ख्यो० पुखु, लैको पुखु, सुनधारा पुखु, दुमाजु पुखु, भक्तपुर दरबार क्षेत्रको मध्यमा अवस्थित भण्ड पुखु, नासमना ९मङ्गलकुण्ड० पुखु, मङ्गलाछे पुखु, देगमना पुखु, तेखा पुखु, भाज्या पुखु गरी १६ वटा ऐतिहासिक पुखु अर्थात् पोखरीको पदयात्राका क्रममा परिक्रमा गरिएको हो ।

    कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरभित्रका पोखरी, विभिन्न भौतिक तथा अभौतिक सम्पदाहरुको अवलोकन गरी नगर परिक्रममा गरिएको बताए । भक्तपुर एउटा जीवन्त सङ्ग्रहालय भएको चर्चा गर्दै उहाँले भक्तपुरको स्थानीयहरुले सम्पदाहरुको अपनत्व लिँदा विदेशीको आर्थिक सहयोग बिना नै श्रमदानमार्फत भूकम्पले ढलेका सम्पदाहरु स्थानीयहरुको सहभागिता पुनर्निर्माण गरिएको बताए । 

    पुर्खाले छाडेका यहाँका सम्पदाहरु संरक्षणमा स्थानीयहरुले योगदान गरेकै कारण विदेश पर्यटकहरु सम्पदा अवलोकनका लागि भक्तपुर घुम्ने पहिलो रोजाइमा परेको उनको भनाइ थियो । पदयात्रमा पर्यटक, पथप्रदर्शक, होटल व्यवसायी, विद्यार्थी तथा जनप्रतिनिधीहरुको सहभागिता थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij