नीलवाराही मन्दिर संरक्षणमा मेयरको अपिल : भ्रामक समाचार नफैलाउन आग्रह

नीलवाराही मन्दिर संरक्षणमा मेयरको अपिल : भ्रामक समाचार नफैलाउन आग्रह

शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • नीलवाराही मन्दिर संरक्षणमा मेयरको अपिल : भ्रामक समाचार नफैलाउन आग्रह

    भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख (मेयर) जीवन खत्रीले नीलवाराही मन्दिर संरक्षण र प्रवद्र्धनलाई सबैको साझा जिम्मेवारी बताउँदै धार्मिक आस्थामाथि प्रहार गर्ने भ्रामक प्रचारप्रसार नगर्न सर्वसाधारणसँग हार्दिक अपिल गरेका छन् ।

    नगर प्रमुखले शुक्रबार जारी गरेको विज्ञप्तिमा नीलवाराही मन्दिरलाई “सुन्दर संस्कृतिको मनोहर स्थल” र सम्पूर्ण भक्तपुरबासीको आस्था, विश्वास र धरोहरको रुपमा उल्लेख गर्दै यसको संरक्षण, सम्वर्धन र प्रवद्र्धनका लागि नगरपालिकाले कुनै कसर नराख्ने स्पष्ट पारेका छन् । 

    मेयर खत्रीले हाल चाँगुनारायण नगरपालिका मात्र नभई भक्तपुर जिल्लाका अन्य तीनै नगरपालिकाले समेत मिलेर २०८२ साललाई “भ्रमण वर्ष” का रुपमा सफल बनाउन अहोरात्र प्रयासरत रहेको जानकारी दिएका छन् ।

    तर, पछिल्ला दिनमा नीलवाराही मन्दिर संरक्षणका नाममा व्यक्तिगत स्वार्थका कारण केही व्यक्तिहरुले नगरपालिकासँगको छलफल बेवास्ता गर्दै समुदायलाई गुमराहमा राख्ने खालका आधारहीन र लक्ष्यहीन अभिव्यक्ति सामाजिक सञ्जालमार्फत फैलाएकोप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाल सरकारको निर्देशन अनुसार अवैध रूपमा प्रयोग भइरहेको स्काभेटर  लाई नेपाल प्रहरीले नियन्त्रणमा लिई नगरपालिकामा बुझाएको र सो सम्बन्धमा कानुन बमोजिम बिगो असुल गर्ने कार्य अघि बढाइएको नगरपालिकाले स्पष्ट पारेको छ । यस क्रममा नगरपालिकाको कुनै दुर्विचार नरहेको र धार्मिक आस्थामाथि प्रहार गर्ने, समुदायलाई विभाजन गर्ने वा नगरको शान्ति सुव्यवस्थामा खलल पुर्याउने भ्रामक समाचार सम्प्रेषण नगर्न सबैसँग आग्रह गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “सभ्य र सुसंस्कृत समाज निर्माण हामी सबैको उत्तरदायित्व हो । धार्मिक धरोहरमाथि मानहानीपूर्ण व्यवहार हामीलाई स्वीकार्य छैन । नगरको शान्ति, एकता र धार्मिक आस्थालाई जोगाउन सबै मिलेर अघि बढौं ।”

    chagu.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij