भक्तपुर । सूर्यविनायक नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालीकाले डोलेश्वर महादेव मन्दिरलाई वि.सं. २०६६ भदौ ६ मा केदारनाथको शिर घोषणा भएको दिनको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार अत्यावश्यक सेवा बाहेक नगर कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्थामा बिदा हुनेछ। आज बिहानैदेखि मन्दिरका चारवटै ढोका खुला गरिने र भक्तजनलाई शिला छोएर पूजा गर्ने व्यवस्था मिलाइने डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।
डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री, अक्षय तृतीया र भदौ ६ गते मात्रै मन्दिरका चारै ढोका खुलाउने परम्परा रहेको छ।
