चाँगुनारायण नगरपालिकामा आज शोक  बिदा

चाँगुनारायण नगरपालिकामा आज शोक  बिदा

बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • चाँगुनारायण नगरपालिकामा आज शोक  बिदा

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. २ कार्यालय दुवाकोटमा कार्यरत कार्यालय सहायक मुकुन्द श्रेष्ठको मंगलबार अपरान्ह भएको असामयीक निधनमा दुःख व्यक्त गर्दै नगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठद्धारा मंगलबार जारी सूचनामा श्रेष्ठको निधनले नगरपालिकालाई मर्माहित र दुःखी बनाएको उल्लेख गर्दै ४ गते बुधबार अत्यावश्यक सेवा बाहेक नगरपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिएको जानकारी गराएको हो ।

    ccc.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij