बिदेशीको नक्कल गर्ने प्रबृत्ति दुर्भाग्यपुर्ण : प्रचण्ड

बिदेशीको नक्कल गर्ने प्रबृत्ति दुर्भाग्यपुर्ण : प्रचण्ड

शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • बिदेशीको नक्कल गर्ने प्रबृत्ति दुर्भाग्यपुर्ण : प्रचण्ड

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

    मौलिक नमुना सहितको आत्म निर्भर राष्ट्रिय अर्थतन्त्र अपरिहार्य रहेको बताउदै प्रचण्डले स्थानीय स्तरबाटै आफ्नो बस्तुस्थिति बुझेर योजना बनाई भएका सम्भावनाहरूको अधिकतम सदुपयोग गरे मात्र देश आत्मनिर्भर बन्ने बाटोमा लाग्नेमा जोड दिए । बिदेशीको नक्कल गर्ने प्रबृत्ति दुर्भाग्यपुर्ण रहेको बताउँदै दाहालले आफ्नै देशमा रोजगारी सृजना गर्नेतिर सबैले आ–आफ्नो ठाउँबाट पहल र प्रोत्साहित गर्नुपर्ने बताए ।

    सबै जुटे देश आत्मनिर्भर हुन समय नलाग्ने बताउँदै प्रचण्डले देशमा मौलिक अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेश जाने र नक्कल गर्ने प्रचलन बढेकोमा चिन्ता ब्यक्त गरे । नेपालको संस्कृति ,भाषा र देशप्रति गर्व गर्ने मानसिकताको विकास नै आजको चुनौतिका रूपमा रहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

    देशभित्रै प्राकृतिक स्रोत साधन, कृषि,पर्यटन, उर्जा लगायतका क्षेत्रमा अपार सम्भावना रहेको बताउँदै दाहालले हाम्रो इतिहास र जाती प्रति गर्व गर्दै देश विकासमा लाग्न सबैलाई आग्रह गरे । सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढाउन सकिएमा देशमै रोजगार सृजना भई उत्पादकत्व बृद्धि हुने र  विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्न सकिने दाहालको भनाई थियो ।

    नागरिकको केही हिस्सा आफ्नै देशमा केही गर्ने सोचका साथ बिभिन्न गतिविधिमा सकृय भएको देखेको बताउँदै अध्यक्ष प्रचण्डले नयाँ नेपाल निर्माणका लागि सबैले त्यसलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । देशमा रहेको प्राकृतिक स्रोत,सीप,श्रम, साधन र गौरवशाली इतिहासको जगमा उभिएर  नेपालमा संसारलाई देखाउने गरी मौलिक विकासको मोडलको मार्गचित्र कोर्दै बिद्यमान संभावनाको उजार गर्न सक्नुपर्ने प्रचण्डको भनाइ थियो । 

    कार्यक्रममा बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चाँगुनारायण नगरपालिकाका पुर्व नगर प्रमुख सोम मिश्र, सिटी एभोकार्डो अभियानका अभियन्ता तथा माओवादी केन्द्रका नेता डिपी ढकाल, अभियानका चाँगुनारायाण संयोजक नरेश खड्का लगायतले एभोकार्डो अभियानबारे चर्चा गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij