भक्तपुर । भक्तपुरमा गाईजात्रा पर्व मनाउने क्रममा झडप हुँदा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार भक्तपुर नगरपालिका वडा नं. ५ टौमडी (पाँचतले मन्दिर) भएको स्थानमा गाईजात्रा पर्व मनाउने क्रममा कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।
उक्त कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएको पाइन्छ । सो घटनामा संलग्न ललितपुर जिल्ला कोन्ज्योसोम गाउँपालिका वडा नं. ०१ स्थायी वतन भई सुर्यविनायक नगरपालिका वडा नं.०६ पाण्डुबजार बस्ने बर्ष २२ को महेश तामाङ पक्राउ परेका छन् ।
त्यसैगरी भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने वर्ष ३४ को अमन देउला र सोही स्थानका वर्ष ३४ को राज कपाली परिसरका सूचना अधिकारी प्र.ना.उ. ढुण्डीराज न्यौपाने जानकारी दिएका छन् ।
यसबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।