भक्तपुरमा भोलि देशकै ठूलो मेकअप कार्यशाला, प्रचण्डबाट उद्घाटन

भक्तपुरमा भोलि देशकै ठूलो मेकअप कार्यशाला, प्रचण्डबाट उद्घाटन

सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • भक्तपुरमा भोलि देशकै ठूलो मेकअप कार्यशाला, प्रचण्डबाट उद्घाटन

    भक्तपुर । भोलि भक्तपुरमा देशकै सबैभन्दा ठूलो मेकअप कार्यशालाको आयोजना हुने भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत युथ इको नेपालको आयोजनामा हुने कार्यशालाबारे जानकारी दिइएको हो ।

    पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यक्रमको उद्घाटन गर्नेछन् ।

    1.jpeg

    संस्थाका अध्यक्ष आकाश गजुरेलका अनुसार एसियन बुक अफ रेकर्डमा नाम दर्ता गर्ने लक्ष्यसहित देशभरबाट एक सयभन्दा बढी मेकअप आर्टिस्टको सहभागिता रहनेछ । कार्यक्रममा सहभागीलाई विभिन्न प्रकारका मेकअप तालिम प्रदान गरिनेछ ।

    कार्यक्रममा निःशुल्क मेकअप सेवा, कपाल काट्ने सेवा, छाला परीक्षण, नेल आर्ट र मनोरञ्जनात्मक प्रस्तुति रहने जनाइएको छ । यस कार्यशालाले नेपाललाई सौन्दर्यकलामा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य लिएको आयोजकले जनाएका छन् ।

    आयोजकका अनुसार, कार्यक्रममा दुई हजार दुई सयबढीको सहभागीता रहने छ ।

    2.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij