चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

    लम्की (कैलाली) । बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेका छन् । 

    दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट  २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेका हुन । पटक–पटक गरी  २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरे । 

    हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक रु ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताए।  सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिए । 

     उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताए । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनले सुझाउछन्। सहकारीको सहयोगको पनि उनले सराहना गरे। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij