ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

    ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को  ८४ हजारका दरले कारोबार भइरहेको छ ।
     
    चालु सिजनको सुरुआतमा प्रतिमन ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि  ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर  ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।
     
       नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो । सिजनको सुरुआती समयमा अलैँचीको मूल्य ९६ हजारमा कारोबार भएको थियो ।
     
    अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उहाँले बताए । “ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन रु ८४ हजारमा कारोबार भइरहेको छ,” उनले भने ।
     
    ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ । नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij