३ लाख किम्बुका बेर्ना बिक्रि गर्दै व्यवसायायिक किट फर्म

३ लाख किम्बुका बेर्ना बिक्रि गर्दै व्यवसायायिक किट फर्म

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • ३ लाख किम्बुका बेर्ना बिक्रि गर्दै व्यवसायायिक किट फर्म

    चितवन । व्यावसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ । फर्मले आफ्नै १ दशमलब ५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो । 
     
    फर्मका प्रमुख सुरुची त्रिपाठीका अनुसार अहिले तीन लाख बढी बिरुवा बिक्रीका लागि नर्सरीमा तयारी अवस्थामा रहेका छन् । यसमध्ये २० हजार बिरुवाको खरिदका लागि किसानले आवेदन दिइसकेका छन् । गत वर्ष कार्यालयले तीन लाख ५० हजार बिरुवा उत्पादन गरेर दुई लाख ५० हजार बिक्री गरेको थियो । किम्बुको बिरुवा सार्नका लागि अवको समय उत्तम भएकाले किसानले बिरुवाको माग लिएर आउन थालेको उहाँले बताउनुभयो । फर्मले बिरुवाको प्रतिगोटा रु ५ मा बिक्री गर्दै आएको छ ।

    रेशमखेती गर्ने किसान विस्थापित भएसँगै यहाँको बिरुवा डाले घाँसको रुपमा बिक्री गरिँदै आएको छ । उनले भने “रेशमखेती गर्ने किसान विस्तापित भएपछि अहिले घाँसेबालीका रुपमा यसलाई बिक्री  गरिरहेका छौँ ।” बिरुवा बिक्रीका लागि पालिकासँग समन्वय गरिएको उनले बताए ।

    उहाँका अनुसार पहिला मधेश प्रदेशका किसान बिरुवा लिन आउने गरेका थिए । अहिले ती किसान बिरुवा लिन आउन छाडेका छन् । सो प्रदेशमा स्थानीय रुपमा नर्सरीहरुले बिरुवा उत्पादन गर्न थालेकाले र यसलाई किसान आँफैले कलमीमार्फत बिरुवा तयार गर्न थालेकाले त्यस क्षेत्रका किसान कम आएको उनले बताए। फर्ममा कान्भा दुई जातको किम्बुका बिरुवा बिक्रीका लागि तयारी भएका हुन । फर्मले अहिले नमूना बगैँचामा ३८ जातका किम्बुको बिरुवा संरक्षण गरिरहेको छ । मातृ संरक्षण अन्तरगत विभिन्न जातका बिरुवा लगाएर संरक्षण गरिरहेको छ ।  

    यहाँ उत्पादित किम्बुका बिरुवा चितवनसहित मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौँ, नवलपरासी, बागलुङ्, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा बिक्री गरिने गरिएको छ । अहिले जिल्लामा रेशमखेती गर्ने किसान छैनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij