हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
    चितवन । गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताए। 
     
    उनका अनुसार गत  बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ । ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ । शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ । साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ । 
     
    केराखेती गर्दै आउनुभएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पु¥याएको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए । जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केराखेती हुँदै आएको छ । यहाँ तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसानले केराखेती गर्दै आएका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij