झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए

झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए

शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए

    भद्रपुर (झापा) । जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । 

    घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् ।

    जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उनले बताए । 

    घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा रु दुई  करोड २१ लाख ८८ हजार ९५० राजस्व सङ्कलन गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij