श्रीमतीको हत्या गरी फरार तामाङ भक्तपुरबाट पक्राउ

श्रीमतीको हत्या गरी फरार तामाङ भक्तपुरबाट पक्राउ

सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • श्रीमतीको हत्या गरी फरार तामाङ भक्तपुरबाट पक्राउ

    भक्तपुर । श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेका छन् ।

    गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका-६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत फेला परेकी थिइन् । घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । 

    घटनापछि जितबहादुर भने फरार भएका थिए । प्रहरीका अनुसार उनी उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा आइतबार कार्यालयको टोलीले भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो । 

    जितबहादुरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij