युवा सहकारीले वचत कर्ताको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ : जीवन खत्री

युवा सहकारीले वचत कर्ताको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ : जीवन खत्री

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • युवा सहकारीले वचत कर्ताको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ : जीवन खत्री

    भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले श्री युवा बचत तथा ऋण सहकारी संस्थाले वचत कर्ताको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । बिहीबार चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा आयोजना गरिएको सहकारीको २६ औं साधारणसभालाई सम्बाेधनगर्दै नगरप्रमुख खत्रीले नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान अतुलनीय रहेको बताएका हुन् । 

    461727830_1188599828891948_8288301460110984546_n.jpg

    ‘श्री युवा सहकारीले उत्कृष्ट वित्तीय सेवा दिएको छ । यसले गर्दा सदस्यहरुको आर्थिक समृद्धिका लागि निकै नै फाइदा पुगेको छ ।’, नगरप्रमुख खत्रीले भने । वचतकर्ताहरुले जम्मा गरेको रकमलाई विभिन्न शीर्षकमा ऋण परिचालन गरेर सहकारीले धेरै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डोहोर्र्याएको खत्रीले बताए । 

    461841790_1060251312376458_1335040176304107304_n.jpg

    सहकारीको मुख्य उद्धेश्य आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउनु नै रहने र श्री युवा सहकारी उक्त उद्धेश्य प्राप्तीमा सफल रहेको नगरप्रमुख खत्रीले बताए । ‘सहकारीको मुख्य उद्धेश्य समुदायको आर्थिक उत्थान हो, कानुनी परिधिमा रहेर आर्थिक समृद्धितर्फ अग्रसर गराउने उद्धेश्यलाई श्री युवा सहकारीले कार्यान्वयनमा ल्याएको छ ।’, उनले भने । 

    461723533_993564705858693_2448957357408584718_n.jpg

    कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश बास्तोलाले सहकारीले स्थापनाकालदेखि नै समाजलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना बनाएर अगाडि बढीरहेको दाबी गरे । समाज र आफ्ना वचतकर्ताप्रति सधैं वफादार रहेर अघि बढ्दा चाँगुनारायण र भक्तपुर मात्र नभएर बागमती प्रदेशमै उत्कृष्ठ बन्न सफल भएको उनले दाबी गरे । ‘सुरुदेखि नै हामी हरेक पक्षलाई सक्नेसम्मको वित्तिय टेवा दिनका लागि लागिपरेका छौं । हरेक क्रियाकलाप समाज र वचतकर्ताको हितमा नै गर्दै आएका छौं । स्थापनाको २५ औं वर्षमा आइपुग्दा हामी बागमती प्रदेशकै उत्कृष्ट समेत बन्न सफल भएका छौं ।’, अध्यक्ष बास्तोलाले भने । 

    461883749_500844966110564_4686117190220599653_n.jpg

    साधारणसभामा सहकारीका सचिव जयराम बास्तोलाले गत आर्थिक वर्षमा सहकारीमा २२ पटक सञ्चालक समितिको वैठक र ३ पटक लेखा सुपरिवेक्षण समितिको वैठक बसेको जानकारी गराए । त्यस्तै, ऋण लगानी तथा असुली उप–समितिको १७ पटक, महिला उप–समितिको ३ जना, शिक्षा उप–समितिको ३ पटक र युवा तथा बालिबालिका उपसमितिको वैठक दुईपटक बसेको बास्तोलाले जानकारी दिए । 

    गत आर्थिक वर्षमा सहकारीले २ करोड ३४ लाख रुपैयाँ नाफा गरेको कोषध्यक्ष सुरेन्द्र मुनंकर्मीले जानकारी दिए । सहकारीले गत आर्थिक वर्षमा ऋण परिचालन मार्फत् १५ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ र बचतको ब्याजमा १२ करोड २८ लाख रुपैयाँ खर्च गरेको उनले बताए । 

    गत आर्थिक वर्षको अन्तिम सम्ममा सहकारीको ऋण लगानी १ अर्ब १० करोड रुपैयाँ रहेको मुनंकर्मीले बताए । उक्त समयसम्म पुग्दा सहकारीले १ अर्ब १५ करोड रुपैयाँकाे काराेवार गरेको उनले बताए । सहकारीले चालू आर्थिक वर्षमा १९ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij