भक्तपुर । चाँगुनारायण नगरपालिकाले सवै वडाका ९० बर्षमार्थिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । “सम्मानित बुढ्यौलीः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण” भन्ने नाराका साथ आज अक्टोबर १ का दिन चाँगुनारायण नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरि ३४ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको हो ।
स्वास्थ्य जाँच गर्ने कार्यक्रम राखिएको थियो भने २ नं वडामा बृहत ज्येष्ठ नागरिक स्वास्थ्य शिविर आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा उपस्थित ९० वर्ष भन्दामाथीका ज्येष्ठ नागरिकहरुलाई नगर प्रमुख जीवनखत्रीले दोसल्ला ओढाई सम्मान गर्नुका साथै न्यानो कपडा, फलफुल र पोषीलो खानेकुरा वितरण गरेका थिए ।

कार्यक्रममा सम्बोधन गदै नगर प्रमुखखत्रीले चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठनागरीकहरुले स्वस्थ्य, सुरक्षित, सक्रियतथामर्यादित रुपमाजीवनयापन गर्न सक्नुहोस् भन्ने हेतुले सामाजिकविकास शाखाअन्तर्गत भइरहेको गतिविधिहरुमा सहयोग हुने गरी स्वास्थ्यलाई केन्द्रित गरी नेपाल रेडक्रस सोसाइटीसंगको साझेदारीमास्वीस रेडक्रसको आर्थिक सहयोगमा स्वस्थ्य बुढ्यौली कार्यक्रम सञ्चालन गरीरहेको बताए ।
उनले ज्येष्ठनागरिकहरु जिँउदो इतिहास भएकोले नयाँ पुस्ताले धेरै कुराहरु सिक्न सकिने कुरा बताए । नगर प्रमुखखत्रीलेअन्र्तराष्ट्रिय ज्येष्ठनागरिक दिवसको अवसरमा सम्पूर्ण ज्येष्ठनागरिक बुबाआमाहरुलाई सुस्वास्थ्यदिर्घायु जीवनको हार्दिक मंगलमय शुभकामना पनिव्यक्त गरेका थिए ।
उनले २०८१ सालअसोज १० गते देखि १२ गते सम्मको अविरल वर्षात्को कारण प्रभावित भएका भएका ज्येष्ठनागरिकहरुको लागि सहारा परियोजना अन्तर्गत सहयोगको लागि नेपाल रेडक्रस सोसाइटी तथा स्वीस रेडक्रससंग सहकार्य गरिने जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशुरामपाण्डेले ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्यालमा राखेर स्वस्थ्य र सक्रिय अनिमर्यादिन जीवनयापनमा सहयोगीहोस् भन्ने हेतुले चाँगुनारायण नगरपालिकासंग सहकार्य गरि स्वस्थ्यबुढ्यौली परियोजनाचाँगुनारायणमा सञ्चालन गरीरहेको बताए । उनले स्थानीयतहसंग सहकार्य गर्दै समुदायको संकटासन्नताकम गर्ने तथा सामुदायिक विकासमा सदैव अग्रसर नेपाल रेडक्रस सोसाइटीमानवीयसेवाकार्यमासदैव जनताको साथमा रहेको बताए ।
कार्यक्रममा चाँगुनरायण नगरपालिकावडा नं २ का अध्यक्ष सोम प्रसाद प्रधान, ज्येष्ठनागरिक मिलन चौतारीका अध्यक्ष लक्ष्मीभक्त सुवल लगायत जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल मेडिकल कलेज, तिलगंगा आखाँ अस्पतालका प्रतिनिधिहरुले ज्येष्ठनागरिकको स्वास्थ्यको महत्वकाबारेमा विचार राखेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयसंगको सहकार्यमा नेपाल रेडक्रससंगको साझेदारीमा नगरपालिकाद्धारा सञ्चालित सहारा परियोजनाअन्तर्गत ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजनागरिएको थियो । स्वास्थ्यशिविरबाट १९७ जना ज्येष्ठनागरिकहरु लाभान्वित भएका थिए । स्वास्थ्यशिविरमा साधारण स्वस्थ्य परिक्षण, इसिजी सेवा, आँखाशिविर तथा प्रयोगशाला परिक्षणको सुविधाप्रदानगरिएको थियो । स्वास्थ्य शिविरमा काठमाण्डौ मेडिकलकलेज, तिलगंगा आँखाअस्पताल, चाँगुनारायणनगर अस्पताल संग सहकार्य गरिएको थियो ।

त्यसै गरि ३४ औंअन्र्तराष्ट्रिय ज्येष्ठनागरिक दिवसका अवसरमा चाँगुनारायणनगरपालिकाका सबै वडाहरुमा ९० बर्ष भन्दामाथीका ८७ जना ज्येष्ठ नागरिकहरुका लागि दोसल्लाओढाई सम्मान गर्नुका साथै न्यानो कपडा, फलफुल र पोषीलो खानेकुरा वितरण गरिएकोे थियो ।