जेष्ठ नागरिक दिवसका अवसरमा सूर्यविनायकका वृद्धवृद्धा सम्मानित

जेष्ठ नागरिक दिवसका अवसरमा सूर्यविनायकका वृद्धवृद्धा सम्मानित

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • जेष्ठ नागरिक दिवसका अवसरमा सूर्यविनायकका वृद्धवृद्धा सम्मानित

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको ४ नम्बर वडाले आफ्ना वडाभित्रका वृद्धवृद्धालाई सम्मानित गरेकाे छ । ३४ औं जेष्ठ नागरिक दिवसका अवसरमा वडाले मंगलबार एक कार्यक्रमकाे आयोजना गरेर वृद्धवृद्धालाई सम्मान गरेको हो । 

    1.jpg

    जेष्ठ नागरिक समन्वय समितिका संयोजक राम गोपाल न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा वडा प्रमुख प्रशाशकीय प्रमुख माधव प्रसाद घिमिरे, वडा सदस्य उज्वल राजथला, महिला सदस्य पम्फा परियार, दामोदर न्यौपाने लगायतले जेष्ठ नागरिकले समाज र मुलुक निर्माणमा पुर्याएकाे याेगदानको चर्चा गरेका थिए । 

    2.jpg

    जेष्ठ नागरिक दिवस कार्यक्रमलाई सम्बाेन गर्दै वडाध्यक्ष लक्ष्छुराम न्यौपानेले वडाले जेष्ठ नागरिकका लागि समय समयमा स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । जेष्ठ नागरिक चौतारी निर्माणको कार्यलाईसमेत निरन्तरता दिइने अध्यक्ष न्याैपानेकाे भनाइ थियाे । 

    ५५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा वडाका जेष्ठ नागरिक मध्येबाट पुरूषमा ९७ बर्षीय गंगा बहादुर शाह र महिलामा  ९६ बर्शिया सानू न्यौपानेलाई दाेशल्ला, खादा, टीकासहित सम्मान पत्र दिएर सम्मान गरिएको थियो । 

    4.jpg

    कार्यक्रममा नै वडाध्यक्ष न्यौपानेले जेष्ठ नागरिकलाई निःशुल्क बिमाको व्यवस्था गर्नेसमेत घोषणा गरे । 

    यसअघिका समयमा आवश्यक ज्येष्ठ नागरिकलाई ब्ल्याङकेट बितरण साथै तिर्थाटन गराइएको न्याैपानेले बताए । 

    साेहि दिवसका अवसरमा सूर्यविनायकका सबै वडामा विभिन्न कार्यक्रम गरि ज्येष्ठ नागरिक दिवस मनाइएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij