भक्तपुर । भक्तपुरमा थप दुई जनाको मृत्यु. भएको छ । सुर्यविनायक नगरपालिका–८ आशापुरीमा आज बिहान गएको पहिरोमा परेका दुई जनाको शव दिउसो फेला परेपछि मृतकको संख्या पाँच पुगेको हो ।
मृत्यु हुनेमा स्थानीय तामाङ दिदी बहिनी रहेको बताइएको छ । सडक अवरुद्ध भएर घट्नास्थल पुग्न नसक्दा बिस्तृत जानकारी पाउन नसकिएको वडाध्यक्ष पुष्पराज बस्नेतले बताए ।
यसअघि भक्तपुरको पलाँसेमा पहिरोमा परेर मृत्यु भएका कालिकोट सानि त्रिबेणि गा पा– ४ घर भइ हाल सुनपा ९ पलासे बस्ने गणेश बमकी श्रीमती २४ वर्षीया दमिला शाहि, साली १४ वर्षीया मनिसा शाहि र ४ वर्षीया छोरी प्रिया बमको शव पुरिएको अवस्थामा फेला परेको थियो ।