काठमाडौं । आईसीसी विश्वकप लिग–२ शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सहभागिता जनाएर नेपाली टोली स्वदेश आइपुगेको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे । लिग–२ को अन्तिम शृंखलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो ।
नेपालले शृंखलाको चारमध्ये तीन खेलमा जित निकाल्दै सबै ३६ खेलबाट ३० अंक बटुलेर छैटौं स्थानमा रहदै लिग टुंगियाएकाे छ । नेपाललेसाे शृंखलामा ओमानलबिरूद्व दुई र क्यानडाविरुद्ध एक जित हातपार्दै लिग टुङ्गियाएकाे हो ।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसङ कुरा गर्दै कप्तान सन्दिप लामिछानेले टाेलीले उत्कृष्ट प्रदर्सन गर्दै तीन खेलमा जित निकालेको बताए । बलिङ र ब्याटिङमा दुवैमा राम्रो गर्न सकेकै कारण तीन खेलमा जित निकाल्दै आगामी चार बर्षका लागि एकदिवसीय मान्यता जाेगाउन सकिएको लामिछानेको भनाई थियाे ।