दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  • दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।

    सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप एक दिन थप गर्न सकिनेछ ।

    सशस्त्रले काठमाडौं उपत्यकाभित्र सर्वसाधारणका लागि सोमबारदेखि २ वटा निःशुल्क बस सञ्चालन गरिरहेको छ । यो सेवा बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म सञ्चालन भइरहेको छ । उपत्यकामा सञ्चालित बसमध्ये एउटा बस कलंकीदेखि बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्कोबस बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथमा सञ्चालन भइरहेको छ ।

    सशस्त्र प्रहरीले दशैं तथा तिहारको अवसरमा यात्रुको यात्रालाई सहज बनाउन उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाडौंबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक दुई वटा बस  बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र उनीहरुका परिवार तथा अन्यका लागि निःशुल्क सञ्चालन भइरहेको जनाइएको छ ।

    दशैंको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यले यो सशस्त्र प्रहरी बल, नेपाले यो सेवा सञ्चालन गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij