काठमाडौं । यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) मा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग हुने भएको छ । एनपीएलको तेस्रो सिजनमा पहिलोपटक डीआरएस प्रयोग हुन लागेको हाे ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा रिभ्यूको अवसर प्रदान गर्छ ।
साे प्रबिधि अन्तर्गत एलबीडब्लूको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ । त्यस्तै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ । यस्तै, एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुने क्यानले जनाएको छ ।