बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर

शनिवार, कार्तिक १ २०८३
शनिवार, कार्तिक १ २०८३
  • बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर

    काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा गम्भीर घाइते भएका छन् ।

    बनेपा नगरपालिका–१३ भैँटेपाटीमा तीव्र गतिमा रहेको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका जुवास बुढाथोकीको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका बालकका आमाबुबाको सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि प्रहरीले ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij