दशैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, पम्पहरू आलोपालो सञ्चालन हुने

दशैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, पम्पहरू आलोपालो सञ्चालन हुने

शनिवार, कार्तिक १ २०८३
शनिवार, कार्तिक १ २०८३
  • दशैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, पम्पहरू आलोपालो सञ्चालन हुने

    काठमाडौं । दशैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका पेट्रोलियम डिपो तथा पेट्रोल पम्पहरू खुला रहने भएका छन् । निगमले काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रदेशमा रहेका डिपोहरू निश्चित तालिकाअनुसार आलोपालो सञ्चालन गर्ने जनाएको छ ।

    निगमका अनुसार दशैँको टीकाको दिन र एकादशीबाहेक अन्य दिनमा डिपोहरू खुला रहनेछन् । काठमाडौंको थानकोटस्थित पेट्रोलियम डिपो कात्तिक १, २, ६ र ७ गते सञ्चालन हुनेछ ।

    त्यसैगरी, कोशी प्रदेशको विराटनगर डिपो कात्तिक २, ६ र ८ गते खुला रहनेछ भने मधेश प्रदेशको अमलेखगन्ज डिपो कात्तिक १, २, ६ र ८ गते सञ्चालन हुनेछ ।

    गण्डकी प्रदेशको पोखरा डिपो कात्तिक १, २ र ६ गते खुला रहने निगमले जनाएको छ । लुम्बिनी प्रदेशको भैरहवा डिपो कात्तिक १, २, ६ र ८ गते सञ्चालन हुनेछ ।

    यसैगरी, कर्णाली प्रदेशको सुर्खेत डिपो कात्तिक २ र ७ गते तथा सुदूरपश्चिम डिपो पनि कात्तिक २ र ७ गते खुला रहनेछन् ।

    दशैँको बिदाका समयमा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन निगमले डिपो सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij