यी ५ कारणले विवादमा, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल

यी ५ कारणले विवादमा, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल

बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • यी ५ कारणले विवादमा,  भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल

    रसुवामा विनासकारी बाढी आएर जनजीवन तहसनहस भएकावेला भौतिक पूर्वाधार एवं विकास मन्त्री सुनिल लम्सालको एउटा अभिव्यक्ति अहिले विवादमा छ । उनले भनेका थिए, ‘वडा, पालिका, प्रदेश र सीडीओ कार्यालय अटोमेटिक एक्टिभेट हुनुपर्ने ।’ 

    आफैं बाढीमा परेका जनप्रतिनिधि कसरी एक्टिभेट हुने ? स्रोत-साधनविहीन स्थानीय तहलाई जिम्मेवारीको भारी बोकाएर संघीय सरकारचाहिँ पन्छिन मिल्छ ? अझ अर्को रोचक कुरा त के छ  भने, मन्त्री लम्सालकै दल रास्वपा सांसद क्रान्तिशिखा धितालसमेत उनको भनाइको खण्डन गरेकी छन् । 

    भोटेकोशी बाढीले उजागर गरेको छ, नेपालको विपद् व्यवस्थापनमा समस्या स्थानीय तह ‘एक्टिभेट’ नभएको हो कि राज्यकै संयन्त्र र स्रोतसाधनबीच असन्तुलन भएको हो ?

     

    १. ‘अटोमेटिक एक्टिभेट’ हुने अभिव्यक्ति
    बाढी आएपछि वडा, पालिका, प्रदेश र सीडीओ कार्यालय ‘अटोमेटिक एक्टिभेट’ हुनुपर्ने मन्त्री लम्सालको अभिव्यक्ति विपद्को वास्तविकतासँग नमिलेको भन्दै आलोचना भइरहेको छ । 

    २. बाढीपीडित स्थानीय तहलाई नै दोष दिएको आरोप
    वडा र पालिका आफैं बाढीको चपेटामा परेका बेला उद्धार तथा राहतमा सक्रिय नभएको आशयमा गरिएको टिप्पणीले पीडित स्थानीय तहलाई दोष थोपरेको आरोप लागिरहेको छ । 

    ३. स्रोत–साधनको अवस्थालाई बेवास्ता गरेको प्रश्न
    स्थानीय तहसँग ठूला विपद् सामना गर्ने पर्याप्त उपकरण, जनशक्ति र बजेट नै नभएको अवस्थामा ‘किन एक्टिभेट भएन ?’ भन्ने मन्त्रीको प्रश्नमाथि प्रश्न उठिरहेको छ ।  

    ४. संघसँग साधन, जिम्मेवारीचाहिँ तल ?
    सेना, प्रहरी, हेलिकप्टर, विपद् प्राधिकरण र केन्द्रीय स्रोतसाधन संघीय सरकारसँग हुँदाहुँदै संघले गर्नुपर्ने समन्वय र उद्धारको जिम्मेवारी प्रदेश तथा स्थानीय तहलाई मात्र थोपरेको भन्दै आलोचना भयो ।

    ५. आफ्नै दलबाट समेत प्रतिवाद
    मन्त्रीको अभिव्यक्तिको आलोचना विपक्षीबाट मात्र भएन । रास्वपा सांसद क्रान्तिशिखा धितालले नै स्थानीय तह बाढीको पीडित बनेको अवस्थामा उसलाई निष्क्रिय भन्नु उचित नहुने भन्दै मन्त्रीको भनाइको खण्डन गरिन् ।

    ‘स्रोतसाधन नभएको स्थानीय तहलाई दोष कि स्रोतसाधन भएको संघीय सरकारको जवाफदेहिता ?’ यही प्रश्नले मन्त्री लम्साल विवादको घेरामा परेका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij