मकवानपुर । बागमती प्रदेशका किरण थापा मगरको विश्वासको मत लिने मिति सरेको छ । यस अघि भदौ ७ गते विश्वासको मत लिने तयारी गरिएको थियो । तर सो समय परिर्वतन भई अब मुख्यमन्त्री थापाले विश्वासको मतका भदौ ८ गते लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री थापाले मिति सच्याएर पुनः प्रदेशसभा सचिवालयलाई विश्वासको मत लिने मित पठाएका हुन् । मुख्यमन्त्री थापाले भदौ ८ गते सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गर्न आग्रह गरेका छन् ।
बिहिवारमात्र मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री थापामगरले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । बागमतीमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।