राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

    दाङ ।  । दाङमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको चाप घट्दै गएपछि समय परिवर्तन गरी आइतबारदेखि शुक्रबारसम्म सेवा सञ्चालन गर्ने जनाएको हो ।

    कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, विवरण संशोधन तथा कार्ड लिन आउने सेवाग्राहीलाई यसअघि शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि सेवा दिँदै आइएको थियो । पछिल्लो समय सेवाग्राहीको चाप क्रमशः घटेकाले यही भदौ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको छ । कार्यालयले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन आउने सबै सेवाग्राहीलाई सोहीअनुसार कार्यालयमा उपस्थित हुन आग्रहसमेत गरेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij