मर्दी पदयात्रामा फसेका ३ युवकको सकुशल उद्धार

मर्दी पदयात्रामा फसेका ३ युवकको सकुशल उद्धार

बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • मर्दी पदयात्रामा फसेका ३ युवकको सकुशल उद्धार

    काठमाडौं । मर्दी पदयात्रामा फसेका पोखराका ३ पदयात्रीको सफल उद्धार गरिएको छ । आज बिहान एपीएफको टोलीले पोखरा १४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङलाई सकुशल उद्धार गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीका एपीएफ इन्स्प्क्टर साजन श्रेष्ठ नेतृत्वको टोलीले उनीहरूलाई अन्नपूर्ण गाउँपालिका ११ छुमरुङको फेदीबाट उद्धार गरेको हो । उनीहरु ट्रेकिङ क्रममा जङ्गलमा दुइ दिनदेखि अलपत्र परेका थिए ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij