विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

    विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय विराटनगरले जनाएको छ ।

    उक्त आर्थिक वर्षमा नेपाल भित्रिने पर्यटकमध्ये १३६ जना पुरुष र ७४ जना महिला छन् । सोही आर्थिक वर्षमा विराटनगर नाकाबाट भारतबाहेक तेस्रो मुलुक जाने पर्यटकको सङ्ख्या ३०० रहेको छ । त्यसमध्ये १५० महिला र १५० जना पुरुष छन्।

    सो अवधिमा ती पर्यटकबाट रु ८६ लाख ६५ हजार १८५ राजस्व प्राप्त भएको कार्यालयका प्रवक्ता युवराज पोखरेलले जानकारी दिए । उनका अनुसारमा आर्थिक वर्ष २०८१/८२ मा त्यस नाकाबाट १६८ पर्यटक नेपाल प्रवेश गरेका थिए । त्यसमध्ये महिला ७९ जना र पुरुष ८९ जना थिए । त्यस वर्ष पर्यटकबाट रु ६७ लाख ८२ हजार ५२५ राजस्व सङ्कलन भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij