डोलेश्वर मन्दिरमा तीन सातामै २५ लाख भक्तजन, आज पनि बिहानैदेखि भिड

डोलेश्वर मन्दिरमा तीन सातामै २५ लाख भक्तजन, आज पनि बिहानैदेखि भिड

सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • डोलेश्वर मन्दिरमा तीन सातामै २५ लाख भक्तजन, आज पनि बिहानैदेखि भिड

    भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउनको तेश्रो सोमवार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, रातीदेखि निरन्तर वर्षा भएपनि बिहान चार वजेदेखिनै डोलेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । 

    साउन लागेयता करिव २५ लाख भक्तजन मन्दिर दर्शनका लागि आएको अध्यक्ष बस्नेतको भनाई छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वरमा साउन १ गतेदेखि श्रावणी मेला सञ्चालन हुंदै आएको छ । ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब ३० लाख स्वदेशी तथा भारतीय भक्तजनको आगमन हुने अनुमान अध्यक्ष बस्नेतको छ । 

    अध्यक्ष बस्नेतका नुसार, डोलेश्वरमा श्रावणी मेलाका अवसरमा खासगरी शनिबार,आईतवार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर स्वदेशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताउँदै अध्यक्ष बस्नेतले पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय भक्तजनको उपस्थिति हुने गरेको जानकारी दिए । पछिल्लो समय नेपाली पैसाकै हाराहारीमा भारतीय रुपैयाँ दानस्वरुप प्राप्त हुनुले पनि त्यसको पुष्टि गर्ने अध्यक्ष बस्नेत बताउँछन् । 

    siraha.jfif
    मेलाबाट करिव एक करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने महासचिव बस्नेतले बताए । 

    डोलेश्वर मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको दिन भदौ ६ गते  सर्वसाधारणले मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने व्यवस्था मिलाइएको सुर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले बताए । हरेक दिन आयोजना भइरहेको शन्ध्याकालिन आरतीले पनि मेलालाई थप प्रभावकारी बनाएको वडाध्यक्ष बस्नेतको ठम्याई छ । 

    त्यसका अलवा डोलेश्वर मन्दिरमा प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा प्रख्यात कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती गरिने गरिएको वडाअध्यक्ष बस्नेतको भनाई छ । मेलालाई व्यवस्थित र मर्यादित बनाउँन पाँच दर्जनबढी स्वयंसेवक परिचालन गरिएको छ भने स्वास्थ्य शिविरसमेत आयोजना गरिदै आएको छ । यसैबीच श्रावण शुरु भएसंगै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा साउनको शुभारम्भसंगै दर्शनार्थीको चहलपहल बढ्न थालेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij