चिकित्सक सडकमा, आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा आजपनि बन्द

चिकित्सक सडकमा, आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा आजपनि बन्द

बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • चिकित्सक सडकमा, आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा आजपनि बन्द

    काठमाडौं । आजपनि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द भएका छन् । नेपाल चिकित्सक संघले बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गराएको हो।

    वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघले मंगलबार पनि ती सेवा ठप्प पारेको थियो । 

    संघका अनुसार, आज बिहान १० बजे काठमाडौँको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरिएको छ। काठमाडौँ बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने र आफ्ना कार्यस्थलमा धर्ना तथा विरोध प्रदर्शन गरिने बताइएको छ।

    चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। मंगलबारदेखि भएको आन्दोलनका कारण हजारौ बिरामी उपचारबाट बन्चित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij