कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच  टी–२० श्रृंखला हुने

कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच  टी–२० श्रृंखला हुने

शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच  टी–२० श्रृंखला हुने

    काठमाडौँ । नेपालले यसै वर्ष भारतको ए टिमसँग तीन खेलके टी २० सिरिज खेल्ने तय भएको छ ।  नेपाल क्रिकेट संघ क्यानले नेपाल र भारत ‘ए’ बीच आगामी डिसेम्बरमा तीन खेलको टी(२० क्रिकेट श्रृंखला हुने जनाएको छ । क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने औपचारिक जानकारी गराएको हो ।

    स्कटल्याण्डमा हालै सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कन्फरेन्सका दौरान नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देभजीत साइकियाबीच भएको उच्चस्तरीय बैठकले यो श्रृंखला आयोजना गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो।

     नेपाल र भारत ‘ए’ बीचको ऐतिहासिक टी(२० श्रृंखला सन् २०२६ को डिसेम्बर ९ देखि १३ सम्म चल्नेछ । तय गरिएको खेल तालिका अनुसार श्रृंखलाको पहिलो टी(२० म्याच डिसेम्बर ९ तारिखमा हुनेछ । यस्तै, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम टी(२० खेल डिसेम्बर १३ तारिखमा कीर्तिपुर मैदानमा खेलिने क्यानले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij