कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

    दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको गाडी आज सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । 

    दुर्घटनास्थल एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनास्थलमा ३५ जना प्रहरी उद्धारका लागि खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij