काठमाडौं । आयरल्याण्डविरुद्ध नेपालले १७५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
टस जितेर पहिले फिल्डिङ गरेका नेपालका लागि रिजन ढकाल र शाहब आलमले घ–३ विकेट लिएका छन् । यस्तै मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।
आयरल्यण्डका लागि गेभिन होइले ५० रन बनाए । यस्तै नेल रकले ४५ रन बनाए ।
यसअघि बुधवार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।