आईसीसी एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा

आईसीसी एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा

बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • आईसीसी एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ ।

    पुरुष एकदिवसीय वरियतामा नेपालले ३३ खेलबाट ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । यसअघि १७औँ स्थानमा रहेको नेपालले एक स्थान सुधार गरेको हो ।

    नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा रहेको छ भने नामिबिया १७औँ स्थानमा छ ।

    एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा भारत कायमै रहेको छ । न्यूजील्याण्ड दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छन् । त्यस्तै अष्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij